घान्द्रुकको (कोँड नाश) वृत्तचित्र: नेपाल र बेलायतपछि हङकङमा प्रदर्शन हुने
पाेखरा | भदौ ८, २०८०
पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र नेपाल र बेलायतमा प्रदर्शनपछि हङकङमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र हङकङमा अगष्ट ३० तारिखमा प्रदर्शन हुने भएको छ ।
ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज हङकङको सहयोगमा अगष्ट ३० तारिखमा जोर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा बेलुका ८ बजे प्रदर्शन हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।
‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्र घान्द्रुक, पोखरा, काठमाडौंसहित बेलायतको तीन शहरमा प्रदर्शन भएको छ’, गुरुङले भने, ‘घान्द्रुकको (कोँड नाश)वृतचित्रलाई नेपाल र बेलायतपछि अगष्ट ३० तारिखमा हङकङमा प्रदर्शन गर्दै छौं ।’
लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।
उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुकको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।
लामा अमृत फाउण्डेशनले घान्द्रुक लगायत देशको विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

